के तपाईलाई थाहा छ ? विश्वमा हरेक दिन ६ ट्रिलियन अमेरिकन डलर भन्दा बढि एउटा देशको मुद्रा अर्को देशमा किनबेच हुन्छ ।

फरेक्स ट्रेडिङ वास्तवमा कुनै नौलो बिषय भने होइन । यो आफैमा मानब सभ्यताको इतिहाँसबाटै यसको अभ्यास हुदै आएको हो । यो आजको समयले हिजो को त्यो इतिहाँस हामी अध्ययन गर्न पनि सक्छौ ।

फरेक्सको इतिहाँसलाई यदि हामीले नियाल्ने हो भने यो बार्टर पद्धति(सिस्टम) बाट उत्पति भएको भनेर बुझ्दा फरक पर्दैन । बार्टर भन्नाले कुनै पनि बस्तु साटासाट गर्नु ।

जुन समयमा पैसाको अविष्कार नै भएको थिएन । त्यो समय मा एकअर्कामा काम गरेवापत, खान दिने । कुनै सामानको साटो, सामान दिने, धान दिएबापत मकै दिने, आलु दिए वापत तोरी दिने जस्तो किसिमको साटासाट पक्रिया हुन्थ्यो । त्यो एक परिवारदेखि अर्को परिवार, एक समाजदेखि अर्को समाज मात्र नभई एक देशबाट अर्को देशमा पनि हुने गर्दथ्यो । जुन कुराहरु हामी इतिहाँसमा सहजताका साथ अध्ययन गर्न सक्छौ । सायदै त्यो समयमा देशको परिकल्पना पनि भएको थिएन कि ।

इतिहाँसमा यो कुरा कसैले यकिन पत्ता लगाउन सकेको छैन कि कसले पैसाको अविस्कार ग¥यो । तर इतिहाँसविदहरुको एउटा विश्वास चाहि इशापूर्व ५००० तिर धातु वस्तुहरु नै पैसाको रुपमा उपयोग गर्थे भन्ने छ । त्यसपछि करिव इशापूर्ब ७०० तिर लिड्यानहरुले पश्चििमी संस्कृतिको रुपमा कोइन पैसा को बिकास गरेको तथ्यहरु हामी पाउछौ ।

त्यसरी अरु देशहरुले पनि त्यहि अनुरुप आफ्नो ठाउँ सुहाउदो मुद्राहरु उचित मुल्य निर्धारण गर्दै उपयोग गर्न सुरु गरे । र त्यहि समय कालखण्डबाट एक देशको मुद्राले अर्को देशको मुद्रा खरिद बिक्रि प्रक्रिया सुरु भएको पाउदछौ ।

जसलाई हामी फरेक्स ट्रडिङ भनेर बुझ्न सकियो । फरेक्स अंग्रेजी भाषा मा फरेन एक्सचेन्ज यानिकी विदेशी मुद्रा साटासाट भनेर बुझ्दा अझै यसको अर्थ सहज तरिकाले याद गर्न सक्छौ । फरेन एक्सचेन्ज कै छोटो रुप फरेक्स भएको हो । जहाँ एक देशको मुद्राबाट अर्को देशमा किनबेच हरेक दिन भइरहन्छ ।

आज इन्टरनेटको यो दुनियाले तपाई र हामीलाई पनि यस्तो ठुलो बजारमा सहभागी भएर काम गर्ने अवसर आएको छ ।

यो अर्थमा हामी इन्टरनेटलाई धन्यवाद त दिनै पर्छ किनभने जसले हामीलाई घरमै बसेर पनि विश्वव्यापी बजारमा सहभागी भएर काम गर्ने मौका दिएको छ ।

के तपाई यस्तो बजारमा काम गर्न चाहानुहुन्न र ? अवश्य तपाई यो अवसर लिन चाहानुहुन्छ ।

हामी तपाईलाई नेपाली भाषामा फरेक्सको परिभाषा, यसको महत्व र यसको अवसरको बिषयमा अझै पनि धेरै कन्टेन्टहरु उपलब्ध गराउनेछौ ।